किन दुब्लाए किम जोङ उन ? देश र जनताका लागि थोरै खाएको दाबी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

किन दुब्लाए किम जोङ उन ? देश र जनताका लागि थोरै खाएको दाबी



एजेन्सी – उत्तर कोरियाका शासक किम जोङ उन साविकभन्दा ‘दुब्लो’ देखिएका छन्। कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन्।

नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ। तर उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चारमाध्यमहरुले दाबी गर्दै आएका छन्।

किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ।

नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो। पार्टीको केन्द्रीय कमिटीको बैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए। कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी बैठक आयोजना गरिएको थियो।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्षमात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यान्न अभाव छ। पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ। चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधारणलाई थोरै खान उर्दी जारी गरेको थियो।