कहाँ छन ट्रम्प र किम ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कहाँ छन ट्रम्प र किम ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।

क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुृर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आर्यरहेका छन् भन्ने यकिन नभएकोले अन्दाज गर्दै बसेको जनाएका थिए ।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज आएका थिए ।

तर उत्तर कोरियाली अधिकारले किम तीमध्ये कुन जहाजमा यात्रा गर्दै छन् भन्नेबारे जानकारी गराएका थिएनन् ।, आजको कान्तिपुरमा यो खबर छ ।