किम जोङ-उन एक्कासी पुगे बेइजिङ ! - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

किम जोङ-उन एक्कासी पुगे बेइजिङ !



बेइजिङ भ्रमणमा गएको उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलमा सर्वोच्च नेता किम जोङ उन पनि रहेको हुनसक्ने अनुमान गरिएको छ ।

नाटकीय ढंगले बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डल चढेको विशेष प्रकारको रेलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पनि बेईजिङ पुर्याईएको विश्वभरका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियाली कन्जरभेटिम इल्बोे पत्रिकाले एक उच्च गुप्चरको नाम उल्लेख नगरी उधृत गरेअनुसार बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा किम पनि सहभागी रहेको र हाल उनी उत्तर कोरिया फर्किसकेको जनाएको छ ।

वामपन्थी निकट दक्षिण कोरियाली पत्रिका ‘हान्कयोरेह’ले पनि उत्तर कोरियाली नेता किम चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बैठक गर्न सोमबार दिउँसो बेईजिङ पुगेको जनाईएको छ ।