मृर्गौला बेच्ने निदान अस्पतालका सीईओसहित पाँच जना पक्राउ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मृर्गौला बेच्ने निदान अस्पतालका सीईओसहित पाँच जना पक्राउ



काठमाडौं : मृर्गौला किनबेच गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सहित पाँच जनालाई पक्राउ गरेको छ। 

अस्पतालले एक व्यक्तिको नाममा अर्कौ व्यक्तिको मृर्गौला झिकेको आरोपमा सीईओ विपेन्द्र प्रधानसहित पाँचजना अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलीयाले जानकारी दिए। 

प्रहरीले सीईओ प्रधानसँगै रामेछाप दोरम्बा स्थायी घर भइ स्वयम्भु बस्ने शंकरलाल लामा (मृर्गौला लिने बिरामी), अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, डाक्टर राजेश पन्त, ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई नियन्त्रणमा लिएको हो।