केआइ नेपालद्बारा कृष्णनगर सीमानाकाबाट ३६१ महिलाको उद्धार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

केआइ नेपालद्बारा कृष्णनगर सीमानाकाबाट ३६१ महिलाको उद्धार



कपिलवस्तु । केआइ नेपाल कपिलवस्तुले कृष्णनगर सिमानाबाट ३६१ महिलाको उद्धार गरेको छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको हो ।

केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुले तीन बर्षको  प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको बताएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।