अदालतले दुई वर्ष कैद फैसला सुनाएकी खुश्बु ओली राप्रपाबाट सांसदको उम्मेदवार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अदालतले दुई वर्ष कैद फैसला सुनाएकी खुश्बु ओली राप्रपाबाट सांसदको उम्मेदवार



झापा– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुश्बु ओलीलाई सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिएका छन्।

खुस्बु ओली तिनै हुन् जसलाई १६फाल्गुन, २०७६ मा जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको थियो । सापटी लिएको रकम नतिरेपछि ओलीलाई अदालतले २ वर्ष कैदको फैसला सुनाएको थियो ।

सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले फैसला गर्नुभन्दा २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भन्दै ३६ लाख रुपैयाँ सापट लिएर नतिरेको उल्लेख छ ।

व्याज सहित फिर्ता गर्ने सर्तमा पैसा लिएकी ओलीले कटुवाललाइ समयमा पैसा फिर्ता गर्न नसकेपछि दिएको चेक पनि बाउन्स भएको थियो । पैसा नतिरेर खुस्बु सम्पर्क विहिन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्धामा फैशला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएका थिए ।