साङ्गीतिक जोडी रमिला र खुमनको तीज गीत “पशुपतिमा” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

साङ्गीतिक जोडी रमिला र खुमनको तीज गीत “पशुपतिमा” सार्वजनिक ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली महिलाहरूको महान् चार्ड तीजमा तीज लछित गीतहरू हरेक वर्ष सार्वजनिक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धी गीतहरू भने सार्वजनिक भइरहेका छन् पछिल्लो समय कलाकार सर्जकहरूलाई तीज विशेष गीत तयार गर्न भ्याइ न भ्याइ छ ।

विशेष गरी तिजको अवसरमा नयाँ तथा पुराना कलाकार, सर्जक सबैसँगै सहकार्य गर्ने अन्य कलाकार भन्दा बढी खुमन अधिकारीको देखिन्छ। बर्षौ देखि सहकार्य गर्दै आएको साङ्गीतिक जोडी रमिला न्यौपाने र खुमन अधिकारीको आवाजमा भर्खरै मात्रै तीज गीत “पशुपतिमा” सार्वजनिक भएको छ ।

गीतमा खुमन अधिकारीको लय बाबुराम बोहराको शब्द सिर्जना रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने, राजेश घिमिरेको छायाङ्कन विष्णु शर्माको सम्पादनमा तयार भएको “पशुपतिमा”को म्युजिक भिडियोमा नायिका सुरक्षा पन्त र खुमन आधिकारिक स्वयंको अभिनय देख्न पाइन्छ ।