खुमनले दुर्गा सँग मायाको आस गरेपछी (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

खुमनले दुर्गा सँग मायाको आस गरेपछी (भिडियो सहित)



काठमाडौं। चर्चित लोक गायक खुमन अधिकारी र गायिका दुर्गा सापकोटाको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘पास गरि’ हालै सार्वजनिक भएको छ ।

मोफसलमा रहेर विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायिका दुर्गा सापकोटाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेकी छिन।

माया प्रेममा आधारित पास गरि भन्ने झाउरे बिटको लोक दोहोरी गीत दुर्गा सापकोटा र राज कुमार श्रेष्ठले बजारमा ल्याएका हुन् ।

एक पछि अर्को चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक हुन् खुमन अधिकारी

गायक तथा सर्जक खुमन अधिकारिको लय, शब्द रहेको गीतमा उनलाइ निकै पृथक रुपमा गित गाउन सक्ने चर्चित लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन ।

आशिष म्युजिक प्रा ली बाट बजारमा आएको गीतलाइ चर्चित निर्देशक शंकर बि सि ले निर्देशन गरेका छन् । अजय रग्मिको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका हुन् ।

भिडियोमा करिस्मा ढकाल र राज कुमार श्रेष्ठले अभिनय गरेका छन् ।