प्रचण्डलाई बधाई दिन खुमलटार जान नपाइने - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

प्रचण्डलाई बधाई दिन खुमलटार जान नपाइने



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले चुनाव जितेका र सर्वसाधारणले पार्टी अध्यक्षलाई बधाइ तथा शुभकामना दिन खुमलटार निवास नआउन आग्रह गरेको छ।

चुनाव जितेर बधाइ तथा शुभकामना दिन खुमलटार आउँदा खर्च हुने भएकाले यस्तो गर्नुपरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

‘चुनावमा उत्साह हुने परिणाम नआएको र चुनाव जितेपछि बधाइ तथा शुभकामना दिन जाँदा भड्किलो खर्च हुन्छ। दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनेका हौं’, उनले भने।

हालसम्म माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हात पारेको छ। प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।