न्यु सागर एण्ड सगरमाथाले गर्यो लुधियानामा खुल्ला तीज गीत तथा सांस्कृतिक कार्यक्रम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

न्यु सागर एण्ड सगरमाथाले गर्यो लुधियानामा खुल्ला तीज गीत तथा सांस्कृतिक कार्यक्रम



लुधियाना/पंजाव 

भारत पंजाव राज्यको लुधियानामा खुल्ला तीज गीत तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । नारायण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एमएलए सानेवालका शरण जित सिंह ढिल्लों रहेका थिए ।

एमएलए ढिल्लोंले कार्यक्रममा नेपालीहरूको बहादुरी बारे खुलेरै चर्चा गरे ।उनले नेपालीको लागी आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागी आफू तयार रहेको बताए ।

उक्त खुल्ला तीज गीत तथा सांस्कृतिक प्रतियोगितामा चन्दा सुनार प्रथम ,पुष्पा भाट क्षेत्री दृतिय र पूजा परियार तृतीय भएका थिए ।प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहारु लोकदोहोरी गायक नारायण विपी परियार ,पवित्रा सर्तुंगे ,अनुराना मगर ,अमृता बराल र स्थानीय कलाकारले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा लुधियानामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि,पत्रकार ,बुद्धिजीवी ,समाजसेवी आदिको उलेख्य उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार र करनाल देखि नेपाल आवत जावतको लागि सेवा दिँदै आएको छ ।