खुकुरी प्रहार गरी आफ्नै ५२ वर्षिय बाबुको हत्या !! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

खुकुरी प्रहार गरी आफ्नै ५२ वर्षिय बाबुको हत्या !!



 दाङ  ।। तुलसीपुरमा एक जनाले खुुकुरी प्रहार गरी बुवाको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाका २९ वर्षिय तेजबहादुर चौधरीले आइतबार राती ५२ वर्षिय बुवा बाबुराम चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरायसी विवादका क्रममा पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि चौधरीलाई भान्साकोठामा आत्महत्या गरेको बहना गरी झुण्ड्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घाउचोटका आधारमा अनुसन्धान गर्दा छोराले हत्या गरेको रहस्य खुलेको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । हत्या गर्ने छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र उनले हत्या स्वीकार गरिसकेको उनले जानकारी दिए । फाइल तस्बिर :-