खुकुरी प्रहारबाट कञ्चनपुरको पुनर्वासमा ७ जना घाइते - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

खुकुरी प्रहारबाट कञ्चनपुरको पुनर्वासमा ७ जना घाइते



धन बहादुर बिक
पुनर्वास, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा आइतबार राती खुकुरी प्रहारबाट ७ जना घाइते भएका छ्न ।

पुनर्वास नगरपालिका ६ सुकुम्बासी टोलमा आफ्नै घरमा बसिरहेका ४ जना परिवार सहित ७ जना खुकुरी प्रहारबाट घाइते भएका हुन ।

पुनर्वास नगरपालिका ४ कार्गिल डांडाका पाँच जना युवाहरूको समुहले सुकुम्बासी टोलमा गएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

पिडित परिवारले दिएको किटानी जाहेरीका अाधारमा पाँच जना मध्ये दुई जनालाई नियन्त्रणमा लिएको र अन्य ३ जनाएको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पुनपा ६ सुकुम्बासी टोलका लालबहादुर सुनार, ४६ बर्षिय भिम बहादुर सुनार , ४३ बर्षिय बल बहादुर सुनार र उनकि श्रीमती ३५ बर्षिय लालमांया सुनार , छोरी २१ बर्षिय जमुना सुनार , छोरा १८ बर्षिय बिक्रम सुनार छिमेकी २९ बर्षिय संगम बस्नेत , र ४० बर्षिय तिर्थ सुनार रहेका छन भने संगम सुनार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको टाउको र हातमा खुकुरी प्रहार गरिएको छ ।
घाइते संगम सुनार र भिम बहादुर सुनारको कैलाली स्थित सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाइते हरूको पुनर्वास पोलिक्लिनिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

खुकुरी प्रहार गर्नेमा पुनर्वास नगरपालिका ४ स्थित कार्गिल डांडाका १८ बर्षिय केशव शाही , २२ बर्षिय जगत शाही , सोही गाउका १८ बर्षिय किशन बिटालु १९ बर्षिय पदम बिटालु र बेलौरी नगरपालिका १ का वीर बहादुर रोकाया रहेको प्रहरीले जनाएको छ ।

पुनर्वास नगरपालिका ६ स्थानीय लालबहादुर सुनारको घरमा विवाह रहेको र राति अन्दाजी १० बजे विवाहको कार्यक्रम सकिएपछि सबै अाफन्त हरू अा- अाफ्नो घरमा गई सकेपछि एक्कासि खुकुरी र हातहतियारसहित अाएका युवाहरूको समुहले हमला गरि मरणासन्न हुनेगरी घाइते बनाएको घाइते बल बहादुर सुनारले बताए ।

घाइते पिडितहरूले सोमबार ज्यान मार्ने उधोग अन्तर्गत ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दरख्वास्त दिएका छन भने अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरि कार्वाही को माग गरेका छन ।

अाईतबार राति भएको खुकुरी प्रहार घटना ले सुकुम्बासी बस्तीमा त्रासको वातावरण भएको छ भने गाउँमा शान्तिसुरक्षा का लागि नियमित गस्ति गरिदिन वडा सदस्य गम बहादुर सुनार सहित गाउलेहरू ले प्रहरीलाई अनुरोध गरेका छन ।