मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर नजानुहोला ! - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर नजानुहोला !



निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्।

खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन्।

मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिवाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ ।

तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन्।

‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुपर्यो,’ उनले भनिन।

अर्यालले मन्त्रालयप्रवेश गर्नेलाई गेटमा जाँच गरेर सुर्तिजन्य पदार्थ बोकेको भए डस्टबिनमा फाल्न लगाएर प्रवेश गर्न दिने बताइन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।