२०७६ बैशाख ७, शनिबार

खोप लगाउँदा कैलालीमा एक बालकको मृत्यु ,एक दर्जन बढी घाइते

February 5, 2019
127 Views
Spread the love

कैलाली । कैलालीमा गलत तरिकाले डिपिटी खोप लगाउँदा एक बालकको ज्यान गएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।

लम्कीचुहा नगरपालिका अन्तर्गतको बलिया स्वास्थ्य चौकी भल्काका स्वास्थ्यकर्मीले लगाएको डिपिटी खोपका कारण लम्की चुहा वडा नम्बर १ भुरुवा कुन्टी खेतकी पूजा आले मगरका ६ महिने छोरा बिनोद आले मगरको मृत्यु भएको हो ।

पूजा आलेमगरका अनुसार माघ २० गते आइतबार दिउँसो करिब १ बजे बच्चालाई खोप लगाइएको थियो । खोप लगाई घर फर्के लगत्तै बच्चा लगातार रोएको बताउँदै पुजाले भनिन्– ‘अन्तिम पटक राती १० बजे रोएको थियो बिहान हेर्दा त ज्यान गइसकेको रहेछ।’ खोप लगाए लगत्तै बच्चाको शरीर भरी रातो रंगका बिबिरा निक्लेको पूजाले सुनाइन् ।

खोप लगाउन लैजादा बच्चा स्वस्थ्य अवस्थामा रहेको बताउँदै उनले भनिन् ‘खोप लगाइसकेपछि बच्चा रुन थालेको थियो । बिहान हुने बितिकै राम्रो अस्पताल लैजान्छु भनि सुते, बिहान हेर्दा त छोराको ज्यान गइसकेको रहेछ ।’

भुरुवा कुन्टी खेतमा माघ २० गते खोप लगाइसकेपछि शरीर भरी राता बिबिरा आएर बेहोस बनेका एक दर्जन बालकको टीकापुर अस्पतालमा उपचार भइरहहेको स्थानीयले बताएका छन् । कतिपय बच्चाहरुलाई अक्सिजन दिएर सघन उपचारको व्यवस्था गरिएको टीकापुर अस्पतालले जानकारी दिएको छ ।

सोही गांउँकी अस्मिता खत्रीकी ६ महिने छोरी सुप्रियाको खोपका कारण स्वास्थ्य गम्भीर भएपछी लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गरिएको थियो । समयमै अस्पताल पुर्याएका कारण छोरीको ज्यान जोगिएको उनले बताईन् ।

स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण स्वस्थ्य बच्चाले ज्यान गुमाउनु परेको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य जोखिममा रहेको स्थानियको आरोप छ । उनीहरुले गलत तरिकाले खोप लगाई बच्चाहरुको ज्यान जाने घटनामा संलग्न स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्न समेत माग गरेका छन् ।

खोपका कारण बच्चाको मृत्यु भएको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य गम्भीर भई बिभिन्न अस्पतालमा उपचार भईरहेको खबर फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको टोलीले आज घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनाका बारेमा जानकारी लिन गएको जनस्वास्थ्यको टोली र स्थानिय गाउँलेहरु बिच एकैछिन विवाद समेत भएको थियो ।

बच्चाको मृत्युको कारण पत्ता लगाउन स्थानिय जनप्रतिनिधिहरुको सुझावमा सोमबार नै पोष्टमार्टम गरिएको र रिपोर्ट आउन एक महिना लाग्ने मृतक बिनोदका ठूलाबुवा प्रेम आलेमगरले बताए । – मकालु खबरको सहयोगमा

Facebook Comments

सम्बन्धित खवर

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा

himal post - २०७६, ७ बैशाख १०:४३

बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् । जितगढी विजयी उत्सव…

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग

himal post - २०७६, ७ बैशाख १०:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका…

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल
समाचार
0 shares55 views
समाचार
0 shares55 views

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल

himal post - २०७६, ७ बैशाख ०९:४६

विराटनगर – मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि…