गुल्मीमा खोप लगाउन आएकी स्वयंसेविकाले नै वृद्धालाई बोकेर लगिन् स्वास्थ्य चौकी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गुल्मीमा खोप लगाउन आएकी स्वयंसेविकाले नै वृद्धालाई बोकेर लगिन् स्वास्थ्य चौकी



तम्घास: गुल्मीको गुल्मीदरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले एक वृद्धलाई कोरोनाविरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुर्‍याएकी छन्।

स्वय‌ंसेविका लिला थापाले गुल्मीदरवार गाउँपालिककै ७९ वर्षिया वृद्धा देवकली टन्डनलाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी थिइन्। गाउँमा यातायातको सुविधा नहुँदा बोकेर लैजानुपरेको बाध्यता रहेको स्थानीहरु बताउँछन्।

कोरोना संक्रमणको जोखिम बढेपछि पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।