खोलामा डुबेर दुई बालकको मृत्यु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

खोलामा डुबेर दुई बालकको मृत्यु



अछाम । अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मंगलसेन नगरपालिका -७ मा अवस्थित भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोलामा डुबेर मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको प्रहरीले जनाएको छ।