नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत



काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ ।

नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा विजयी भएका हुन्।

कांग्रेसले ८ हजार ६ सय १४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले ७ हजार २६२ मत पाएका थिए। त्यस्तै उपमेयरमा पनि कांग्रेस विजयी भएको छ।

देशभरका १४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपनि नगरपालिकाको यो पहिलो परिणाम हो। योसँगै नेपाली कांग्रेसले नगर प्रमुख पदमा खाता खोलेको छ। उपमेयरमा पनि कांग्रेसले यही पालिकामा खाता खोलेको हो।

यसअघि नै ६ पालिकामा नेकपा एमाले, ५ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र एक पालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेका छन्।