निर्मला काण्डमा नयाँ मोड : पत्रकार खेम भण्डारीमाथि मुद्दा हाल्ने तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

निर्मला काण्डमा नयाँ मोड : पत्रकार खेम भण्डारीमाथि मुद्दा हाल्ने तयारी



काठमाडौं : निर्मला पन्त बलात्कार र हत्या अभियोगमा अदालतले गरिरहेको अनुसन्धानलाई  प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा कंचनपुरका पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कंचनपुरमा मुद्दा दर्ताको तयारी भएको छ।

निर्मला पन्तको बलात्कार र हत्यापछि घटनालाई लिएर भण्डारीले जनतालाई उत्तेजित र भ्रामक समाचार लेख्दै आएको र अदालतको मानहानीसमेत हुने प्रकारको समचार प्रकाशित प्रशारित गरेको भन्दै कंचनपुर बार एशोसियसनले जिल्ला अदालतमा निवेदन दिएको हो।

‘मुद्दा दर्ताको लागि बारबाट पत्र आएको छ मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको छ,’ यसबारे केही समयमा थाहा हुन्छ अदालत स्रोतले भन्यो। निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले सुरुमै पक्राउ गरेका दिलिपसिंह विष्ट पत्रकार खेम भण्डारीका सालो भाइसमेत हुन्।

भण्डारीले विष्ट आफ्नो सालोभाइ भएको र बचाइदिनू भन्ने संकेतसहितको म्यासेज तत्कालीन कंचनपुर प्रहरी प्रमुखलाई पठाएका थिए। निर्मला पन्तको बलात्कार र हत्या दिलीपसिंह विष्टले नै गरेको भन्दै निर्मलाकी आमा दुर्गाले बयान दिन थालेपछि घटनाले नयाँ मोड लिएको छ।