खेलकुदमा सुदुर पश्चिमलाई अग्रणी बनाउन सरकार लागेको छ : मन्त्री बोहरा - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

खेलकुदमा सुदुर पश्चिमलाई अग्रणी बनाउन सरकार लागेको छ : मन्त्री बोहरा



पुनर्वास,कञ्चनपुर । खेलकुद क्षेत्रमै सुदुर पश्चिमलाई अग्रणी बनाउन प्रदेश सरकार लागि परेको सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पठान सिह बोहराले बताएका छन् ।

बिहीबार पुनर्वास नगरपालिकाद्वारा आयोजना गरिएको प्रथम नगरस्तरीय एवं एघारौं राष्ट्रपति रनिङ प्रतियोगिताको उद्घाटन गर्न पुनर्वासको ‘क’ गाउँमा पुगेका मन्त्री बोहराले भने- खेल राष्ट्रको सम्पत्ति हो खेलाडी गहना हुन , तसर्थ खेलकुदको बिकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराखी योजना बनाउन लागेको छ । उनले भने, ‘प्रदेश सरकार खेल क्षेत्रको बिकास गर्न लागि परेको छ र तपाईं खेलाडी तथा आम समुदाय पनि हातेमालो गर्नुस ।’

पुनर्वास नगरपालिका ८ स्थित बागिश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री बोहराले भने,  ‘खेलकुदको बिकासको लागि प्रदेश सरकार , स्थानीय सरकार वा संघिय सरकारका तर्फबाट गर्नु पर्ने सम्पुर्ण पहल गर्न हामी तयार छौं ।’

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाको सभापतित्वमा आयोजना गरिएको एघारौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास क्षेत्रका १९ वटा माध्यमिक बिधालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।  प्रतियोगिताको उद्घाटन समारोहलाई लालमन तामाङले सञ्चालन गरेका थिए ।