वडा कार्यालयद्बारा खेलकुद सामाग्री हस्तान्तरण - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वडा कार्यालयद्बारा खेलकुद सामाग्री हस्तान्तरण



कैलाली । मसुरीया फुटबल एकेडेमीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । गौरीगंगा नगरपालिका वडा नं ९ को कार्यालयले बिहीवार एक कार्यक्रमका विच एकेडेमीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

खेल प्रतिको उत्साह र राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गरेको भन्दै थप प्रोत्साहनका लागि वडा नं ९ का वडाध्यक्ष हरि प्रसाद तिवारी र वडा सदस्य गौमा भण्डारीले संयुक्त रुपमा ऐकेडेमीका अध्यक्ष ध्वज खाति र प्रशिक्षक मिलन अोलीलाई खेल समाग्री हस्तान्तरण गरेका हुन् ।

छोटो समयको अवधिमा स्थानीय स्तर देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको र खेलाडीलाई अझ खेल प्रती उत्प्रेरित बनाउका लागि पचास हजार बराबरको किपर डमी र बलहरु एकेडेमीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष हरि प्रसाद तिवारीले जानकारी दिए ।

खेलकुद बिकासका लागि निरन्तर रुपमा एकेडेमीलाई सहयोग गर्दै आइरहेको भन्दै वडा नं ९ को वडा कार्यालयलाई एकेडेमीका प्रशिक्षक मिलन ओलिले आभार प्रकट गरेका थिए ।