खेलाडीका लागि आजीवन मासिक भत्ताको व्यवस्था - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

खेलाडीका लागि आजीवन मासिक भत्ताको व्यवस्था



काठमाडौं– सरकारले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गर्दै उक्त जानकारी दिएका हुन्। उनले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताए ।