सञ्चारमन्त्री खतिवडाले भने: कर किताबमा लगाएको होइन, नाफामा लगाएको हो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सञ्चारमन्त्री खतिवडाले भने: कर किताबमा लगाएको होइन, नाफामा लगाएको हो



काठमाडौँ- अर्थमन्त्री तथा सञ्चारमन्त्री युवराज खतिवडाले पहिलोपटक सञ्चार मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रिपरिषद्‌को पत्रकार सम्मेलनमा सहभागी हुँदै पुस्तकमा कर लगाउनु ज्ञानमा कर नलगाएको दाबी गरेका छन्।

उनले अन्य देशमा कर लगाउने प्रचलन भएको उल्लेख गर्दै स्वदेशी उद्योग संरक्षण गर्नु परेकाले विदेशबाट ल्याएका पुस्तकमा कर लगाइएको बताए। ‘करै नलागी ल्याइएका पुस्तकमा नेपाली प्रेसहरुले कसरी प्रतिष्पर्धा गर्ने?’ उनले भने, ‘पुस्तकको व्यापार पनि व्यापार नै हो। नाफामा कर लगाउनुपर्छ। यो ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौँ।’

उनले पुस्तकै बिकेनन्, पढ्नै पाएनन् भन्ने भन्दै आन्दोलनकारीहरुको उपहास पनि गरे।

उनले विकास खर्च कम नभएको दाबी गरे। स‌ंघको बजेट कम खर्च भएको स्वीकार गरे। प्रदेशहरुमा भएको खर्चका कारण विकास खर्च कम भएको दाबी पनि गरे।