खसीबोकाको अनुगमन गर्दै सरकार - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

खसीबोकाको अनुगमन गर्दै सरकार



असोज २, काठामाडौं-

सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार (हिजो) बसेको बैठकले खसीबोका परीक्षणमा कडाई गर्ने निर्णय गरेको हो ।

फूलपातिको दिनसम्म कलंकी, बिजुलीबजार र टुकुचा खसीबजार, बालाजु बाइपास र कोटेश्वर तीनकुने खसीबजार लगायतका स्थानमा खसीबोका परीक्षण हुने भएको छ ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।