खस क्षेत्री समाज कतारको बनभोज समपन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

खस क्षेत्री समाज कतारको बनभोज समपन्न



ओम प्रकाश बानियाँ,दोहा/ कतार

दोहामा स्थापित संस्था खस क्षेत्री सेवा समाज कतारले बनभोज (पिकनिक) कार्यक्रम समपन्न गरेको छ ।

अल वकिरमा अवस्थित रमणीय स्थल मिसाईडको समुन्द्री किनारमा आयोजना भएको सो कार्यक्रममा क्षेत्री एवम् गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहेको थियो । खस क्षेत्री सेवा समाजले बार बी कियु लिएर गई सो कार्यक्रमको आयोजना गरेको थियोे ।

अनौपचारिक कार्यक्रममा बोल्दै महासचिव रामजी खत्रीले भन्नु भयो यो कार्यक्रम क्षेत्री हरुलाई एकताबध गर्ने उदेश्यले आयोजना गरिएको हो । उहाँले वैशाखमा सस्थाले नयाँ वर्षको शुभकामना कार्यक्रम एवम् सास्कृतिक कार्यक्रमको आयोजना गर्ने सोच बनाएको समेत उल्लेख गर्नु भयो । अनौपचारिक कार्यक्रममा बोल्दै समाजसेवी एवम् प्रमुख सरक्षक टीवी कार्कीले तत्काल समिति र उप समितिहरू गठन गरी कार्यक्रम गर्ने सल्लाह दिनु भयो ।

खस क्षेत्री सेवा समाजका अध्यक्ष खगेन्द्र कार्कीले सम्पूर्णले यस कार्यक्रमलाई सफल बनाएकोमा धन्यवाद व्यक्त गर्दै सधैँ भरी यस्तै सहयोगको अपेक्षा रहेको व्यक्त गर्नु भयो ।