रमेश खरेलले नयाँ पार्टी खोल्ने: बिहीबार घोषणा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

रमेश खरेलले नयाँ पार्टी खोल्ने: बिहीबार घोषणा



काठमाडौँ- पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन् । प्रहरी सेवाबाट अवकाश लिएपछि उनि भ्रस्टाचारबिरुद्धको अभियानमा सक्रिय हुँदै आएका थिए ।

नेपाल प्रहरीमा रहंदा निडर, सक्षम र इमान्दारको छवि बनाएका खरेलले बिहीबार आफ्नो दलको घोषणा गर्ने जनाइएको छ ।

भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्।

पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् ।

खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध छन्। शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन् ।

खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ ।

केहि समय अगाडी खरेल नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने पनि चर्चा चलेको थियो ।