नेपाल एयरलाइन्सका अध्यक्ष खरेललाई लाग्यो भ्रष्टाचार गरेको  आरोप - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेपाल एयरलाइन्सका अध्यक्ष खरेललाई लाग्यो भ्रष्टाचार गरेको  आरोप



काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद देवेन्द्र राज कँडेलले नेपाल एयरलाइन्सको टिकट बुकिङ सिस्टम राख्ने काममा कार्यकारी अध्यक्ष मदन खरेलले भ्रष्टाचार गरेको  आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कँडेलले २०१८ मार्चमा बुकिङ सिस्टमका लागि भएको ग्लोबल टेन्डरमा भाग नै नलिएको कम्पनीलाई कामको जिम्मेवारी दिएर खरेलले पाँच करोड अनियमितता गरेको उनले आरोप लगाएका हुन् ।

‘टेन्डरमा चार कम्पनी आएका थिए । त्यसमा नआएको कम्पनीलाई अहिले आएर जिम्मा दिइएको छ । यसमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको संलग्नतामा रहेको छ । कारबाही गर्नुपर्दा आफ्नै अनुहार देख्न पर्ला भनेर हो कि के हो प्रधानमन्त्रीले नदेखेजसरी बस्नुभएको छ,’ उनले भने ।

एकातिर ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गरेको पनि सहन्नँ’ भन्ने वाणी सबै मन्त्रालयमा राख्ने अर्कातिर आफैंले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको निकायमा अनियमितताको चाङ लाग्दा पनि नदेखेजसरी बसेको नसुहाएको उनको भनाइ छ ।