खरेललाई राजीनामा नदिन खनालको आग्रह - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

खरेललाई राजीनामा नदिन खनालको आग्रह



नेपाल प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् ।

खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना आफूले देखेको, त्यसका लागि कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसकिने भन्दै सेवाबाट अलग हुने घोषणा गरेका हुन् ।

तर प्रहरी प्रमुखमा नियुक्त भएका खनालले भने खरेललाई सेवाबाट अलग नहुन आग्रह गरेका छन् । ‘मैले हिजो पनि रमेशलाई भेटेको थिए, यसलाई नकरात्मक रुपमा नलिन भनेको छु, ‘खनालले भने, ‘आज पनि भेटेरै राजीनामा नदिन भन्छु ।’

प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुख नहुन पनि खनालले खरेलसँग आग्रह गरेका छन् ।

‘प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान्, ‘खनालले भने, ‘त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ।’

२८ वर्षसम्म संगठनमा सँगै मिलेर काम गर्यौं, खनालले भने,संगठनलाई अझ बलियो बनाउन खरेलले मलाई साथ दिनुपर्छ, सेवाबाट अवकाश होइन।सेतो  पाटीबाट