खप्तड बहुमुखी क्याम्पसमा तालाबन्दी - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

खप्तड बहुमुखी क्याम्पसमा तालाबन्दी



ललित जाग्री
मसुरिया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरुले बुधबार ताला बन्दी गरेका छन ।

विद्यार्थीले क्याम्पसमा गरीएको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने , २०७१ साल चैत महिनाको २१ गते देखि २८ सम्म क्याम्पसको स्तरोन्नतिका लागि गरीएको महायज्ञको हिसाब सार्वजनिक गर्नु पर्ने मागहरु राख्दै खप्तड बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सचिव टेकराज ओझाको नेतृत्वमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनलाई पटक पटक मौखिक रुपमा अनुरोध गर्दा क्याम्पसले अटेरी गरिहेको हुदा छिटो निकास खोज्न क्याम्पसमा तालाबन्दी गरेको स्ववियु सचिव टेकराज ओझाले जानकाकैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ महादेवामा रहेको खप्तड बहुमुखी क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरुले बुधबार ताला बन्दी गरेका छन ।

विद्यार्थीले क्याम्पसमा गरीएको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने , २०७१ साल चैत महिनाको २१ गते देखि २८ सम्म क्याम्पसको स्तरोन्नतिका लागि गरीएको महायज्ञको हिसाब सार्वजनिक गर्नु पर्ने मागहरु राख्दै खप्तड बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सचिव टेकराज ओझाको नेतृत्वमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनलाई पटक पटक मौखिक रुपमा अनुरोध गर्दा क्याम्पसले अटेरी गरिहेको हुदा छिटो निकास खोज्न क्याम्पसमा तालाबन्दी गरेको स्ववियु सचिव टेकराज ओझाले जानकारी दिनुभएको छ ।

विज्ञप्ती जारी गरेर तिन दिनको समय दिदा समेत कुनै सुनाई नहुदा बाध्य भएर तालाबन्दी गर्नु परेको स्वबियु सचिव टेकराज ओझाले बताउनुभयो । हिजोबाट गरीएको ताला बन्दीले आज पनि क्याम्पसको पठनपाठन हुन सकेन । विद्यार्थीका माग सम्बोधन गर्न भोलि बिहान १० बजे बैठक बोलाइएको क्याम्पस प्रमुख मदनराज जोशी जानकारी दिनुभएको छ ।