खप्तड बहुमुखी क्याम्पसमा लगाईएको ताला खुल्यो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

खप्तड बहुमुखी क्याम्पसमा लगाईएको ताला खुल्यो



ललित जाग्री

मसुरिया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ महादेवामा रहेको खप्तड बहुमुखी क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरुले गरेको तालाबन्दी आज खुलेकोे छ।

क्यामपसमा बसेको क्याम्पस प्रशासन,व्यवस्थापन समिति ,स्ववियु पदाधिकारी र विद्यार्थीहरु बिचको बैठकमा बिद्यार्थीहरुको सेवा सुबिधामा बृद्धी गर्ने र २०७१ साल चैत महिनाको २१ गते देखि २८ सम्म क्याम्पसको स्तरोन्नतिका लागि गरीएको महायज्ञको हिसाब पारदर्शी तरिकाले सार्वजनिक गर्ने सहमति भएपछि तालाबन्दी खुलेको जानकारी क्याम्पस प्रमुख मदन राज जोशीले दिनु भएको छ ।