खानेपानीको महसुलमा २५ प्रतिशत छुट - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

खानेपानीको महसुलमा २५ प्रतिशत छुट



सुखड,कैलाली । घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको दरख सुखड खानेपानीले उपभोक्ताहरुलाई खानेपानी महसुलमा २५ प्रतिशत छुट दिने निणर्य गरेको छ । मंगलबार बसेको कार्य समितिको बैठकले कोरोना माहामारी बाट उपभोक्ताहरु लाई पर्न गएको असरलाई मध्यनजर गर्दै महसुलमा चैैैतदेखि असार मसान्त सम्मका लागी २५ प्रतिशत छुट दिने निर्णय गरेको समितीका सचिब टेक राज आचार्यले जानकारी दिए ।

साथै सो अबधि सम्म उठेको बिलमा बिलम्ब शुल्क समेत नलाग्ने निर्णय गरेको उनले बताए । सफ्टवेयरमा छुट र बिलम्ब शुल्क प्रोग्रामिङ गर्न २ दिन समय लाग्ने हुदा महसुल २ दिन पछी बाट मात्र अनलाईन वा कार्यालयमा बुझाउनु हुन दरख सुखड खानेपानीका सचिब आचार्यले उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।