खाँणले लिएका थिए साढे चार करोड, सचिव पाण्डेले दिए बयान - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

खाँणले लिएका थिए साढे चार करोड, सचिव पाण्डेले दिए बयान



काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी निवासबाटै पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ । त्यतिमात्र होइन उनले करोडौं रकम लिएको पनि खुलेको छ ।

खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । उनीहरूको अडियो बाहिरिएको छ ।

स्रोतका अनुसार सानु भण्डारी र सचिव टेकनारायण पाण्डेले खाँणले पैसा लिएर काम गरिदिएको बयानमा बताएका थिए ।

यससँगै थप नेताहरू संलग्न भएको हुनसक्ने आँकलन गरिएको छ ।