रामेश्वर खनालले भने: बजेट यसकारण ठिक छ - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

रामेश्वर खनालले भने: बजेट यसकारण ठिक छ



काठमाडौँ- पूर्व अर्थसचिव रामेश्वर खनालले संघीय गणतन्त्रको पहिलो बजेट चित्तबुझ्दो आएको प्रतिक्रिया दिएका छन्।

उनले नयाँ आयोजनामा बजेट विनियोजन नभएकाले कार्यान्वयन हुने किसिमको बजेट आएको टिप्पणी गरेका छन्। उनले बजेटको साइजप्रति सकारात्मक प्रतिक्रिया दिए। उनले भने, ‘अर्थ मन्त्रीले बजेटको साइजमा लिएको निर्णय राम्रो छ। आन्तरिकको ऋणको साइज धेरै ठूलो नभएकाले विगतको जस्तो तरलताको अभाव नहोला।’

खनालका अनुसार समग्रमा बजेट कार्यान्वयन गर्न सके आर्थिक विकास हुने बताए। बजेटमा केही योजना महत्त्वकांक्षी पनि भएको उल्लेख गर्दै खनालले समग्रमा बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए।