नयाँ मन्त्रीमण्डलको खाका तयार, केहीको नाम 'फाइनल'- बुधबार बिहानै बैठक - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

नयाँ मन्त्रीमण्डलको खाका तयार, केहीको नाम ‘फाइनल’- बुधबार बिहानै बैठक



काठमाडौं- नयाँ मन्त्रीहरूबारे छलफल गर्न बुधबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ। मंगलबार बसेको बैठकमा बिषय टुंगिन बाँकी भएकोले बिहानै बैठक बोलाइएको हो ।

पार्टी एकताको अन्तिम टुंगो लगाउन र नयाँ मन्त्रीमंडलको छिनोफानो गर्न बैठक डाकिएको बताइएको छ ।

मंगलबार बसेको बैठकले अन्तिम निर्णय गर्न नसकेपछि बुधबार बिहान बैठक बोलाइएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार बिहान ८ बजे सचिवालयको बैठक डाकिएको बताए।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण लगत्तै सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो। त्यसपछि मंगलबार साँझ सचिवालयको बैठक बसेको हो।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो।

नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री ओली ६–८ जना मन्त्री हटाएर नयाँ ल्याउने अन्तिम तयारीमा छन्।

पार्टी एकताको टुंगो लगाउने गरी बुधबार सचिवालयको बैठक डाकिएको स्रोतले जनाएको छ । नयाँ मन्त्री छनोटबारे छलफल भइरहेको र ८ जना मन्त्रि फरिने गरी कतिपयको नाम समेत टुङ्गो लागिसकेको स्रोतको दाबी छ ।