खगराजले भने– होली वाइन हामीले भन्दा पहिले काङ्ग्रेसले चाखेको हो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

खगराजले भने– होली वाइन हामीले भन्दा पहिले काङ्ग्रेसले चाखेको हो



काठमाडौं– नेकपाका सांसद खगराज अधिकारीले संसदमा ‘होलीवाइन’लाई लिएर प्रश्न गरेका छन्। यहाँ भ्रम सिर्जना र गुमराहमा पार्न धेरै मान्छे काबिल भएको भन्दै उनले संसदमा प्रश्न गरे।

उनको पहिलो प्रश्न थियो, ‘होलीवाइनका डा मुनलाई सवभन्दा पहिले कसले बोलायो ? उनले संसदमा बोल्दै घुमाउरो तरिकाले काङ्ग्रेसले आफुहरुले भन्दा पहिला होली वाइन खाइसकेको बताएका हो ।

फेरि प्रश्न गरे, ‘होलीवाइन सवभन्दा कसले चाख्यो प्रष्ट हुनुपर्‍यो सभामुख महोदय?’

गुठी विधेयक सम्बन्धि विवादको विषयलाई लिएर उनले प्रश्न गरेका हुन्। उनको संकेत वर्तमान सरकारले पहिलो नभएकोतर्फ थियो।

नेपाली कांग्रेसले १ सय ६० रुपैयाँ लिएर जमिनन्दारका नाममा गुठीको जग्गा दर्ता गरेको बताउँदै कम्युनिष्ट झन् धर्मसंस्कृतिको संरक्षणमा लागेको जिकिर गरे। उनले कम्युनिस्ट पार्टीले धर्मसंस्कृति मास्न लागेको चर्चा गर्नेलाई पहिले आफ्नै अनुरहा हेर्न सुझाए ।