एमाले सांसद भन्छन्: पत्र ओलीले पठाएको भए पद छोड्नुपर्छ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एमाले सांसद भन्छन्: पत्र ओलीले पठाएको भए पद छोड्नुपर्छ



काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एसपीपीका लागि लेखिएको पत्रमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनुमति दिएको दाबी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले कोइरालाले लेखेको पत्र संसद्मा ल्याउन माग गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अथोरिटी दिएको भए आफूले पद छोड्न तयारी भएको बताए । “रक्षा मन्त्रालय तपाईंको मातहतमा छ । त्यतिबेला अथोरिटी दिने सुशील कोइरालाले लेखेको पत्र यहाँ ल्याउन म चुनौति दिन चाहन्छु ।

केपी ओलीको पत्र छ भने कि तपाईंले छोड्नुपर्यो कि मैले” उनले भने,“ तपाईं जाग्नुस् सुशील कोइरालाको पत्र भएको जानकारी गराउन चाहन्छु ।”

उनले कसको अथोरिटीमा पत्र गयो भनिएको छ, त्यसबारे छानबिन गर्न तयार रहेको बताए ।