भारतीय कांग्रेस पार्टीको अध्यक्षमा खड्के निर्वाचित - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतीय कांग्रेस पार्टीको अध्यक्षमा खड्के निर्वाचित



भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्।

बुधबार सम्पन्न मतगणनामा खड्के सात हजार मत पाएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शशी थरुरले एक हजार मत पाएका छन्।

कांग्रेस अध्यक्षमा २४ वर्षपछि गैर गान्धी परिवारका व्यक्ति निर्वाचित भएका हुन्। यसअघि लामो समय गान्धी परिवारका सदस्य नेतृत्वमा थिए।