खाडीमा युवाहरू ५२ डिग्री बस्न वाध्य छन् ,रेल र पानी जहाजको कुरा गर्न सुहाउदैन:नेता भुषाल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

खाडीमा युवाहरू ५२ डिग्री बस्न वाध्य छन् ,रेल र पानी जहाजको कुरा गर्न सुहाउदैन:नेता भुषाल



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो भएको टिप्पणी गरेका छन् ।

कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका सन्दर्भमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, “अहिले जताततै सुन्छु, भ्रष्टाचार गर्दिनँ, सहन्नँ । राम्रो कुरा हो। तर, तल के भइरहेको छ ? कर्मचारी के गर्दैछन् ?” उनले पार्टीका अध्यक्षसमेत रहेका ओलीलाई प्रश्न गरे, “वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित भइन्छ ?”

भुसालले रेल र पानीजहाज पनि अहिले प्राथमिकताको विषय नभएको बताए । अफ्रिकामम नेपाली चेलीहरू नाङ्गै नाच्न अभिशप्त रहेको, खाडीमा युवाहरू ५२ डिग्री तापक्रममा उँट चराउन विवश भएको अवस्थामा प्रशान्त महासागरमा पानी जहाजमाथि झन्डा हल्लाउनुको तुक नरहने र समाजवाद भनेर गर्व पनि गर्न नमिल्ने उनको तर्क थियो ।

उनले अहिलेको समाजवादी सरकारले रेल र पानी जहाजको चर्का कुरा गर्ने तर मान्छेका कुरा गर्न छाडेको प्रतिक्रिया दिए।