केटा भएर बाँच्दा घीन लाग्यो, त्यसैले केटी बनेँ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

केटा भएर बाँच्दा घीन लाग्यो, त्यसैले केटी बनेँ



केटा भएर जन्मिइन उनी तर समयक्रमसँगै केटाका पुरुषाङ्ग असहज हुन थाल्यो उनलाई । “आफू केटा भएर जन्मिएको कुरामा घीन लाग्ने गथ्र्यो, यसरी कति दिन बाँच्नु भन्ठानेर सबै कुरा चेन्ज गरेँ र अहिले केटीको रुपमा खुशी छु” अमेरिकाको पेन्सिलभेनियाकी २४ वर्षीय ग्वेन भन्छिन् ।

ग्वेनले २२ वर्षको उमेरमा हर्मोन थेरापी गरिन, अरु उपचार पनि चलाइन् र अन्ततः बनिन महिला ।

‘रेडडिट’ नामक वेबसाइटमा दुई हजार बढीले उनलाई कैयन् प्रश्न सोधेका छन्– महिलादेखि पुरुष बन्ने उनको यो यात्राका बारेमा । जिज्ञासाहरुको उत्तर दिँदै ग्वेनले आफ्नो कथा अगाडि बढाइन ।

ग्वेन भन्छिन, “धेरै मानिसलाई ट्रान्स–सेक्सुअल हुनु भनेको के हो भन्ने थाहा छैन । अरुलाई अप्ठ्यारो लाग्ला भनेर कसैले सोध्दैनन् पनि” यही कुरा देखेर आफूले यसबारेमा सम्पूर्ण जानकारी दिन खोजेको उनले बताईन् । विविसी मिडियाले ग्वेनलाई ५ वटा प्रश्न सोधेको थियो ।

तपाइको मनमा महिला बन्ने चाहना कहिलेदेखि आयो ?

पाँच वर्षको छँदा महिला भएको सपना देखेको ग्वेन बताउँछिन् । “म औधी खुशी भएँ । तर यो सपना अनौठो थियो । म बच्चा थिएँ र मलाई सबैले बच्चाजस्तै व्यवहार गर्थे पनि । मेरो सपना पुरा हुने अवस्था थिएन । एक मनले त आत्महत्या गरुँ भन्ने लाग्यो । मरेको भए पक्कैपनि अर्को जुनीमा केटी जस्तै देखिन्थे होलाँ भन्ने सोचेँ” उनले भनिन् ।

के मानिसहरु तपाईसँग पनि अरुसँग जस्तै व्यवहार गर्छन् ?

मैले आफ्नो शरीरलाई महिलाजस्तो बनाएपनि मलाई लाग्थ्यो, म पुरुष हुँ । त्यसो त मानिसहरुको व्यवहार मित्रवत नै थियो । तर पनि उनीहरु मसँग भित्रैदेखि जोडिन सकेका थिएनन् । एकपटक एकजना महिलासँग ठोक्किन पुग्दा उनले समेत असहज अनुभूति गरिन । तर मेरा महिला मित्रहरुलाई भने मेरो अहिलेको स्वरुपसँग कुनै गुनासो छैन ।

तपाईको केटी साथीसँग कस्तो व्यवहार हुन्छ ?

मेरो एकजना केटी साथी पनि छिन् । मेरो शरीरमा भएको परिवर्तनलाई लिएर उनले कहिल्यै अप्ठ्यारो अनुभूति गरिनन् । अहिले म उनीसँग सेक्सको झनै आनन्द लिइरहेकी छु । अहिले पनि मैले आफ्नो पुरुष अङ्गको प्रयोग गर्न सक्छु तर यसको प्रयोग नगर्ने कोशिस भने गरिरहन्छु ।

यदि म र मेरो केटीसाथी सँगै बस्यौं र बच्चा चाह्यौ भने के होला भन्ने प्रश्न मेरो मनमा पनि उठ्छ । अहिले त म यही रुपमा बस्छु तर बच्चा पाएपछि सर्जरी गरेर महिला अंगहरु हटाउँछु कि ?

तपाईले हार्मोन थेरापी लिनुभएपछि त्यसले कस्तो किसिमको फरकपन ल्याइदियो ?

हर्माेनको प्रयोगपछि उनको शरीरिक स्वरुपमा निकै परिवर्तन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हर्मोनोका कारण कपाल बढ्यो, शरीरमा बोसोको जमात अलग तरिकाले हुन थाल्यो । छातीमा बोसोका डल्लाहरु हुन थाले । अनि मांशपेसी तथा हड्डीको बनावट पनि फरक किसिमको भयो । कम्मरपछाडीको हड्डी पनि बढ्न थाल्यो । मेरो उचाई पनि केही कम भयो ।’

उनले थपिन्, जब परिवर्तनको समय थियो त्यो समयमा मलाई केही अप्ठ्यारो महशुस हुन्थ्यो । तर अहिले म पुरै परिवर्तन भैसके । म पूर्ण रुपमा महिला भइसके । त्यसैले मानिसहरु मसँग कस्तो व्यवहार गर्ने भन्नेबारे भने एकछिन सोच्छन् ।

तपाई साच्चै नै केटी मान्छे हो भन्ने तपाईलाई कहिले लाग्यो ?

उनी भन्छिन्, ‘एक समय जब म रेलमा कही जाँदै थिए, कोही केटा मतिर आकर्षित भइरहेको थियो । म एकछिन त स्तभ्द नै भए । मलाई अचम्म लाग्यो, मनमा खुसी पनि लाग्यो, मलाई अपरिचितले महिला सम्झियो भनेर । अनि म आत्तिए । असहज महशुस भयो ।’

पाईको घर परिवार तथा नातेदलारहरुलाई आफ्नो बारेमा बताउँदा उनीहरुको प्रतिक्रिया कस्तो रह्यो ?

एक जना काकाले मसँग कुरा गर्न नै छोड्नुभयो । अरु नातेदारहरुले भने मलाई स्वीकार गरेका छन् । आमालाई भने मेरो धेरै नयाँ कुराको बारेमा बुझ्नु पर्छ । तर अब हामी एक अर्काको नजिक छौं । मलाई लाग्छ अब हाम्रो सम्बन्धमा वास्तविकता छ ।