केन्द्रीय तामाङ घेदुङ नेपालद्वारा विजेता तामाङ समुदायका उमेदवारहरूलाई सम्मान - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

केन्द्रीय तामाङ घेदुङ नेपालद्वारा विजेता तामाङ समुदायका उमेदवारहरूलाई सम्मान



कर्ण बहादुर अधिकारी,काठमाण्डौं।

२०७४ सालको प्रथम चरणको स्थानीय चुनावमा महानगर पालिका,उपनगर पालिका,नगरपालिका र गाउँ पालिकाहरूमा विजय हासिल गर्नु भएका तामाङ् समुदायका उमेदवारहरूलाई केन्द्रीय तामाङ् घेदुङ नेपालले असार ३ गतेका दिन काठमाडौँ कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा एक विशाल कार्यक्रम गरी बधाई,शुभकामना साथै सम्मान गरेको छ।उक्त कार्यक्रममा नेपालका राजनीति पार्टीहरूका सांसद साथै नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा मकाउ तामाङ घेदुङ्का अध्यक्ष दोर्जे तामाङ्ले केन्द्रीय तामाङ घेदुङ् नेपालको निमन्त्रणालाई सहर्स स्वीकार गरी उपस्थिति जनाउनुका साथै मकाउ तामाङ घेदुङको प्रतिनिधित्व गर्नुका साथै कार्यक्रम सहयोगका लागि व्यक्तिगत तवरबाट नगद रु २० हजार सहयोग गरेका थिए।आउँदा दिनहरूमा मकाउ तामाङ घेदुङ र केन्द्रीय तामाङ घेदुङ बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने कुरा केन्द्रीय अध्यक्ष मोहन गोलेसंग गरेका थिए।कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि कुमार योन्जनले गर्नु भएको थियो भने सभापतित्व वर्तमान अध्यक्ष मोहन गोलेले गरेका थिए।