कोहलपुर एक्सप्रेस लिएर अस्ट्रेलिया टुरमा नायिका केकी अधिकारी - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कोहलपुर एक्सप्रेस लिएर अस्ट्रेलिया टुरमा नायिका केकी अधिकारी



– अस्ट्रेलिया

नायिका तथा निर्मात्री केकी अधिकारी आफ्नो पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस ‘प्रदर्शनको लागि अस्ट्रेलियामा आईपुगेकी छन। साउथ अस्ट्रेलिया बाट सुरु भएको चलचित्र प्रदर्शन २४ जुनमा तास्मनियाको होबर्टमा, २६ जुनमा भिक्टोरियाको मेलबर्नमा, ७ जुलाईमा न्यु साउथ वेल्सको सिड्नीमा, ८ जुलाईमा कुइन्स्ल्यनडको ब्रिसबेनमा, १० जुलाईमा क्यानबेरामा र १५ जुलाईमा वेस्टर्न अस्ट्रेलियाको पर्थमा हुने केकीले बताएकी छन।

साउथ अस्ट्रेलियामा नेपाली र नेपाली भाषी भुटानी समुदाय बाट धेरै नै माया पाएकोमा खुसि ब्यक्त गर्दै अन्य सहरमा समेत दर्शक आफ्नो चलचित्र हेर्न हल सम्म आउनेमा आशाबादी रहेको उनले बताईन। म्युजिक भिडियो ,नायिका हुदै निर्मात्री हुदा सम्मको आफ्नो चलचित्र यात्रा अद्भुत रहेको बताउदै उनले भनिन ” यो यात्रामा कति लडियो- कति उठियो, सिकियो आज यहाँ सम्म आईपुगेर आफ्नो पहिलो चलचित्र प्रदर्शनको क्रममा अस्ट्रेलियामा छु ,त्यसैले यो फिल्मी जर्नी अद्भुत छ मेरो लागि।”

सीओ डब्लू काउ गीत बाट समेत चर्चा बटुलेको यस चलचित्रमा विशाल भण्डारीको लेखन र निर्देशन रहेको छ। चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ भने राजनराज शिवाकोटी, अर्जुन पोखरेल तथा कालीप्रसाद बाँसकोटाको संगीत रहेको छ ।
नाई नभन्नु ल चलचित्रको डबिङ्ग सकेर अस्ट्रेलियामा आएकी नायिका अधिकारीले आफ्नै निर्माणमा नया चलचित्रको तयारीमा समेत रहेको बताएकी छन।