जापानमा ‘कोहलपुर एक्सप्रेस’ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जापानमा ‘कोहलपुर एक्सप्रेस’



नेपालमा रिलिज भैसकेको फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शनका लागि अभिनेत्री प्रियंका कार्की र निर्मात्री केकी अधिकारी जापान पुगेका छन् । नेपालमा राम्रै व्यापार गरेको यो फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । मुम्बई एक्सप्रेस नामक साउथ फिल्मबाट प्रभावित भएको यो फिल्मको नेपाल प्रदर्शन पछि विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने सेड्यूल छ ।

यसैले, जापानको शोका लागि केकी र प्रियंका त्यता पुगेका हुन् । आइतबार आयोजना भएको फिल्मको शोमा प्रियंका र केकी उपस्थित भए । उनीहरुले दर्शकसँगै बसेर फिल्म हेरेका थिए । जापान शोमा प्रियंका कार्कीले रातो गाउन लगाएकी थिइन् । प्रियंकाको खुलेको रातो गाउनले उनलाई धपक्कै बालेको थियो । केकी अधिकारीले पनि सुहाउँदो पहिरन लगाएकी थिइन् ।