केजरीवालको प्रस्ताव : ‘भारतीय मुद्रामा लक्ष्मी र गणेशको फोटो राखौं’ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

केजरीवालको प्रस्ताव : ‘भारतीय मुद्रामा लक्ष्मी र गणेशको फोटो राखौं’



काठमाडौं : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले भारतीय मुद्रामा लक्ष्मी वा गणेशको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन्।

केजरीवालले भारतीय मुद्रामा महात्मा गान्धीको तस्बिरसँगै लक्ष्मी वा गणेशको तस्बिर राख्न मोदीसँग अपिल गरेका हुन्।

बुधबार प्रधानमन्त्री मोदीलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आम आद्‍मी पार्टीका प्रमुखसमेत रहेका केजरीवालले भारतीय रुपैयाँका नयाँ नोटमा एकातिर महात्मा गान्धी, अर्कातिर लक्ष्मी र गणेशको फोटो राख्नुपर्ने बताए। यसले देशको आर्थिक अवस्था मजवुत् बनाउन मद्दत पुग्ने बताए

उनले भने, ‘आज म केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपील गर्दछु। भारतीय मुद्रामा (महात्मा) गान्धीको फोटो छ, त्यो होस्। अर्को छेउमा श्री गणेश जी र लक्ष्मी जीको फोटो थप्नुपर्छ। काम सुरुवात गर्नु अघि लक्ष्मी वा गणेशको पूजा गरौं।’

भारतीय मुद्रालाई मजबुत् बनाउन भगवानको शक्ति पनि चाहिने बताए।