केजरीवालले भने प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनु पर्छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

केजरीवालले भने प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनु पर्छ



एजेन्सी – शनिबार चुनावी अभियानका क्रममा रहेका दिल्लीका मुख्यमन्त्रीले बीच सडकमै झापड खाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजिनामा माग गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आम आद्मी पार्टीका संयोजकसमेत रहेका अरविन्द केजरीवालले उक्त घटना पधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भएको आरोप लगाए ।

केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

उनले गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए । उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको आक्रमण भएको बताएका छन् ।