केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना



काठमाडौं- भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना भएको छ।

केदारनाथभन्दा दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकप्टर दुर्घटना भएको हो।

निजी कम्पनीको रहेको हेलिकप्टरमा एक चालकसहित ६ जना दर्शनार्थी सवार रहेको बताइएको छ।

समाचार एजेन्सी एएनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हो। यद्यपि त्यसको आधिकारिक पुष्टि हुनसकेको छैन।

ठूलो विस्फोटको आवाज सुनिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

आर्यन नामक कम्पनीको हेलिकप्टर दर्शनार्थीलाई बोकेर केदारनाथबाट फर्किरहेको बताइएको छ।