माग्ने बुढाले भने: रविलाई खुलेर साथ् दिन्छु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

माग्ने बुढाले भने: रविलाई खुलेर साथ् दिन्छु



काठमाडौं– हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि धुनामा रहेका रवि लामिछानेको समर्थनमा खुलेरै साथ दिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका हुन् ।

उनले फेसबुक स्टेटसमा लेखेका छन्, ‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो । (सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ । (नोट : कसैको नून खाएको छैन) ।