डा: केसीले दिए सरकारलाई यस्तो चेतावनी
बुटवल । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा। गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ततकाल संसदमा पेस नगरे पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश संसदमा पेस गरे पनि चिकित्सा शिक्षा अध्यादेश अगाडि नबढाएपछि केसीलगायत सरोकारवाला सशंकित छन् ।
संविधानले तोकेको समयसीमा घर्किँदै गएका बेला सरकारले चिकित्सा शिक्षा अध्यादेशका सम्बन्धमा मौनता साधेपछि यसबारे आशंका उब्जिएको केसीले बताए ।
डा। केसीले भने,
स्वास्थ्य प्राणालीमा सुधारका लागि कानुन बनाउन माग गर्दै म पाँच पटक सत्याग्रह बसिसकेको छु ।
यसमा तल माथि गर्न दिइने छैन । अझै पनि समस्या छ ।
सरकारले यसलाई रोकतोक नगरी संसदमा पेस गरोस् । संसदले अनुमोदन पनि गरोस् ।
कान्तिपुरबाट