डा. गोविन्द केसीको अनशन स्थगित
काठमाडौं : चिकित्सा शिक्षाको सुधारका लागि अनसनरत अभियन्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्।
कात्तिक १७ गते देखि डडेलधुरामा १७औँ अनशन सुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका हुन्।
भारतले नेपालको भूभाग समेटेर नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अनसन स्थगित गरेको विज्ञप्ति मार्फत जनाएका छन् ।
राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवदेनालाई हृदयंगम गर्दै अनशन स्थगित गरेको विज्ञप्तिमार्फत् केसीले जानकारी गराएका छन्। उनले माग पूरा नभए पुनः सत्याग्रहको आन्दोलन जारी रहने बताएका छन्।