कविले भने "जीवनमा शुद्धता नै सूफीज्म हाे । - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कविले भने “जीवनमा शुद्धता नै सूफीज्म हाे ।



हिमाल पोस्ट /जयपुर २३ 

जयपुर डिग्गी प्यालेसमा भएकाे दक्षिण एसियाली सूफी फेस्टिवलकाे दास्राे दिन भारत लगायत श्रीलंका, बङ्गलादेश, नेपाल र अफगानस्तानका कविका कविता गुञ्जिए । फेस्टिवलमा कविताका साथमा एडुकेशन शेशन पनि चलेकाे थियाे । विभिन्न प्रतिवेदन पेस गरिए भने राेहिंग्या शरणार्थीकाे विषयमा पनि चर्चा भएकाे थियाे र विज्ञजनहरूले सूफिकाे अर्थ सुद्धता भन्ने बताए ।

प्राेफेसर रियाज पंजावीले याेगी जीवनशैलीकाेलागि सूफिज्म र अध्यात्म जरुरी भएकाे बताए । उनले सूफिज्मबाट अध्यात्मिक यात्रा सजिलाे हुने बताए । उनले भने – “सूफीमा समाज र संस्कृति पाइन्छ ।”

अफगानस्तानका प्राेफेसर नजीव वल्लाह आजादले मानवताबारे जान्न सूफीकाे ज्ञान जरुरी भएकाे बताए । उनले भने – ” सूफी ज्ञान प्राप्ति गरेजस्ताे विरासतबाट प्राप्त हुँदैन याे त अाध्यात्मिक माध्यमबाट प्राप्त हुन्छ ।”

श्रीलंकाका दपहल्ला राहुला थाेराेले अध्यात्मसँग जाेडेर भने – “सूफिकाे माध्यमबाट अात्मशान्ति प्राप्त गर्न सकिन्छ ।” उनले सूफीवाद र बुद्ध धर्मकाे अन्तरसम्बन्धबारे चर्चा गरे ।

बङ्गलादेशकी सहेनाज सुल्तानाले सूफीवादलाई शुद्धतासँग जाेड्दै भनिन् – “जीवनमा सत्यता जान्न जरुरी छ ।” अफगानस्तानका माेहम्मद अनवरले पनि सूफिवादबारे विचार राखेका थिए ।

नेपालका लघुकथा लेखक तथा कवि एल. बी क्षेत्रीले संसारमा यति बेला अातंकवाद, हिंसा र सङ्घर्ष फैलिएकाे प्रसङ्ग जाेडदै भने – “देश र धर्म धर्म बीचकाे युद्ध राेक्नु कविहरूकाे धर्म हाे ।” उनले नेपाल बुद्धकाे भूमि र शान्तिकाे प्रचारक भएकाे पनि बताए ।

अनुवाद :माधब गौतम