कैट्रिनालाई सलमानले दिए नयाँ ‘रेन्ज रोबर’ कार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कैट्रिनालाई सलमानले दिए नयाँ ‘रेन्ज रोबर’ कार



काठमाडौं । कैट्रिना कैफले दुवई टुरबाट फर्किने बित्तिकै नयाँ ‘रेन्ज रोबर’ कार किनेकी छन् ।

उनले ६५ लाख अर्थात नेपाली १ करोड ४ लाख बरावरको सुविधासम्पन्न कारको नयाँ नम्बर समेत रजिष्ट्रर गरिसकेकी छन् । मिडियामा कैट्रिनालाई सलमान खानले कार उपहार दिएको चर्चा पनि चुलिएको छ ।

सलमान खानले ४ वटा सुविधासम्पन्न कार खरिद गरेको बताइएको छ । यिनमा पहिलो सलमान आफ्नै लागि, दोस्रो उनकी बहिनी अर्पिता, तेस्रो भाई अरबाज र चौंथो कैट्रिना कैफको लागि खरिद गरेको चर्चा छ । स्रोतका अनुसार कैट्रिनाले ‘रेन्ज रोभर’को नयाँ मोडल खरिद गरेकी हुन् ।