अमेरिका बोइज’लाई कति होला फाइदा ? - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

अमेरिका बोइज’लाई कति होला फाइदा ?



जेठ १८ गते शुक्रबारबाट फिल्म ‘अमेरिका बोइज’ रिलिज हुँदैछ । नाम सुन्दा पनि अमेरिकामा बस्ने यूवाहरुको कथामा फिल्म बने जस्तो लाग्छ । तर, अमेरिकाबाट फर्किएको एक यूवा र उसकै वरिपरी फिल्म घुमेको छ । प्रवेश पौडेलले निर्देशन गरेको अमेरिका बोइजमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल,आशिष प्रसाई, श्रृष्टी कार्कीले अभिनय गरेका छन् ।

विवेक पाण्डेको कथा, पटकथा तथा संवाद रहेको यो फिल्मको संवादले दर्शकलाई हसाँउन सक्छ । नेपालमा अहिले कमेडी फिल्मको बाढी नै लागेको छ । ‘अमेरिका बोइज’मा पनि कमेडी नै कमेडी छ । टेलिभिजन र स्टेज कार्यक्रममा चम्किएका कलाकार सन्दिप क्षेत्रीको उपस्थितीले पनि फिल्मलाई फाइदा हुनसक्छ ।